मनास्लु हिमालमा हिमपहिरो !

आश्विन १०,काठमाडौँ । मनास्लु हिमालमा हिमपहिरो गएको छ । तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोमा परि केही व्यक्ति घाइते समेत भएका विवरण प्राप्त भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले बताए । उनले हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाण्डौबाट सामागाउँमा हेलिकप्टर पठाएको बताए । सामागाउँ उत्तरी गोरखाको अन्तिम गाउँ हो । यस्तै आरोही निर्मल पुर्जाले फेसबुकमा स्टाटस लेखेर मनास्लुमा हिमपहिरो गएको जानकारी दिँदै आफ्नो कम्पनीबाट गएका सबै आरोही सुरक्षित रहेको जानकारी दिएका छन् । गोरखाको मनास्लु हिमाल आरोहणका लागि यो सिजनमा ३८ वटा अरोहण दलका चार सय चार…

पुरा पढ्नुहाेस्