महाकाली करिडोर : १२ वर्षमा ३० किलोमिटर सडक कालोपत्रे

साउन ५, कञ्चनपुर । नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगतिको गति सन्तोषजनक छैन । २०६६ सालदेखि सुरु भएको निर्माण १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडकमात्रै कालोपत्र भएको छ । कञ्चनपुरको ब्रह्मदेवबाट डडेलधुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने योजनाअन्तर्गत ४ सय १३ किलोमिटर सडक निर्माण हुँदैछ । निर्माणको काम सुस्त गतिमा भइरहेको छ । महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका इञ्जीनियर मिलन घतानीले करिडोर निर्माणअन्तर्गत सबैतिर ट्रयाक खोल्ने काम भइरहेको बताउनुभयो । पूरै आयोजना हेर्दा दार्चुलाका विभिन्न ठाउँमा…

पुरा पढ्नुहाेस्