महादेववेशीमा मोटरसाइकल दुर्घटना, एक बालकको मृत्यु, दुई घाइते

२९,काठमाडौँ । धादिङको थाक्रे–६ महादेवबेशीमा नौबिसेदेखि मलेखुतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा एकजना बालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २ जना गम्भीर घाईते भएका छन् । घाईतेलाई उपचारका लागि काठमाडौ ल्याइएको इलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको छ । मृतक बालकको परिचय खुल्न बाकी रहेको प्रहरीले जानकारी दिएको छ । घटनाका प्रत्यक्षदर्शीका अनुसार ठक्कर दिने ट्रकले ठक्कर दिएपछि पुनः ब्याक गरि पेलेर भागेको बताउछ्न । उक्त ट्रक भाग्दै गर्दा नजिकैको स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।…

पुरा पढ्नुहाेस्