मुख्यमन्त्री पाण्डेको दुरगामी निर्णय: प्रदेशभरिका छोरीहरूलाई स्नातकोत्तरसम्म निःशुल्क शिक्षा

मंसिर ३,हेटौडा । नेकपा (एकीकृत समाजवादी)को नेतृत्वमा सरकार बनेसँगै बागमती सरकारले दुरगामी र महत्वपूर्ण निर्णय गर्न थालेको छ । प्रदेशको मन्त्रिपरिषद्को बैठकले सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी सामुदायिक क्याम्पसमा नै स्नातक र स्नातकोत्तर गर्न चाहने प्रदेशभरिका छोरीहरूलाई निःशुल्क पढाउने निर्णय गरेको छ। प्रदेशका छोरीहरूको पहुँच उच्च शिक्षामा पु¥याउन सामुदायिक विद्यालयबाट एसईई पास गरेका छोरीहरूलाई स्नातकोत्तर तहसम्म प्रदेश सरकारले पढाइदिने तयारी गरेको हो। उच्च शिक्षामा महिलाहरुलाई प्रोत्साहन गर्न यस्ते निर्णय गरिएको सरकारले जनाएको छ । पाण्डे नेतृत्वको बागमती सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशभरिका सीमान्तकृत र उत्पीडित वर्गका छोराछोरीले एसईईपछि प्राविधिक विषय पढ्न…

पुरा पढ्नुहाेस्