मेयर बालेन र पर्यटनमन्त्री श्रेष्ठबीच भेटवार्ता

साउन ९,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले भेट गरेका छन् । सिंहदरबारमा रहेको मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजनामा महानगरपालिकासँग सहकार्य गरिने बताए । काठमाण्डौ, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने योजना रहेको बताउदै मन्त्री श्रेष्ठले काठमाण्डौका पालिका सरकारहरूको सहयोग आवश्यक रहेको बताए । साथै उनले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ मन्दिर र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने योजनामा पनि महानगरपालिकाको सहयोग आवश्यक रहेको बताए । साथै उनले पर्यटकीय…

पुरा पढ्नुहाेस्