म दोषी देखिए राजीनामा दिन तयार छु : उपाध्यक्ष पंकज

साउन १०,काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना कारण राजीनामा दिने निर्णयमा पुगेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको घोषणाप्रति आश्चर्य व्यक्त गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरीले आइतबार फेसबुकमार्फत नेम्वाङका कारण प्रशिक्षकबाट राजीनामा दिने निर्णयमा पुगेको घोषणा गरेका थिए । तर नेम्वाङले भने यसप्रति आश्चर्य व्यक्त गरेका छन् । पछिल्लो समय प्रशिक्षकसँग आफ्नो सम्वाद नै नभएको उनले बताएका छन् । यद्यपि ८–१० दिन अघि ‘खेलाडी मात्र होइन, खेलसँग सम्बन्धित पदाधिकारीहरुको मानसिकता परिवर्तन हुनुपर्छ’ भन्ने प्रशिक्षकको अभिव्यक्तिलाई लिएर आफूले स्पष्टीकरण सोध्नुपर्छ भनेर महासचिवलाई भनेको उनले स्वीकार गरे…

पुरा पढ्नुहाेस्