यूईएफए च्याम्पियन्स लिग: म्यानचेस्टर सिटी र लाइप्जिगको बराबरी

फागुन ११,काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब आरबी लाइप्जिगले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटी घरेलु टोली लाइप्जिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सिटीका रियाद महारेजले खेलको २७औँ मिनेटमा गोल गरे । त्यस्तै घरेलु टोली लाइप्जिगका जोस्को जिभार्डीओलले खेलको ७०औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । यो बराबरीले दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना कायमै छ। अर्को खेलमा इन्टरले १० खेलाडीमा समेटिएको पोर्टोलाई १–०…

पुरा पढ्नुहाेस्

च्याम्पियन्स लिगः उपाधिका लागि लिभरपुल र रियल भिड्दै

जेठ १४, काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा आज इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडबीच भिडन्त हुँदैछ । । फ्रान्सको पेरिसमा हुने फाइनलमा लिभरपुल र मड्रिडबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । स्टेट डे फ्रान्समा दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेका छन् । लिभरपुलले पछिल्लो पटक २०१९ मा उपाधि जितेको थियो । लिभरपुलले ६ पटक च्याम्पियन्स लिग जितेको छ । ला लिगा च्याम्पियन रियल च्याम्पियन्स लिगमा सर्वाधिक सफल टोली हो । रियलले कीर्तिमानी १३ पटक उपाधि जितेको छ । युरोपेली प्रतियोगितामा यी दुई टिमबीच…

पुरा पढ्नुहाेस्

यूईएफए च्याम्पियन्स लिग चेल्सीले युभेन्ट्सलाई ४–० गोलले हरायो

मंसिर ८, काठमाण्डौ । यूईएफए च्याम्पियन्स लिग समूह चरणको खेलमा चेल्सीले युभेन्ट्सलाई ४–० ले हराएको छ । चेल्सीको जितमा ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले गोल गरे । गएराति भएको खेलमा घरेलु टोली चेल्सीले खेलको २५औं मिनेटमा चालोवाहको गोलबाट अग्रता बनाएको थियो । त्यस्तै ५५औं मिनेटमा रिस जेम्सले गोल थपेर अग्रता दोब्बर पारे । खेलको ५८औं मिनेटमा ओडोइले एक गोल थपे । त्यस्तै खेलको इन्ज्युरी समयमा वेर्नरले गोल गरेपछि चेल्सीले ४–० को फराकिलो जित निकालेको हो । चेल्सी समूह ‘एच’ मा शीर्षस्थानमा उक्लिएको छ । समान…

पुरा पढ्नुहाेस्

पीएसजीसँग लाइप्जिगको बराबरी

कार्तिक १८, काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ‘ए’को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब आरबी लाइप्जिगबीच बराबरी भएको छ । रेडबुल एरिना लाइप्जिग जर्मनीमा बुधबार राति भएको खेलमा इन्ज्युरी समयमा फउल गरेपछि पीएसजी लाइप्जिगसँग २–२ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा लाइप्जिगका क्रिस्टोफोर एनकुकु र डोमिनिक सोबोस्लाईले १–१ गोल गरे । पीएसजीका लागि जर्जिन्हो वाइनाल्डमले २ गोल गरे । खेलको आठौं मिनेटमा नै क्रिस्टोफोर एनकुकुको गोलबाट लाइप्जिगले अग्रता लिएको थियो । उनले आन्द्रे सिल्भाको पासमा गोल गरेका थिए । खेलको १२औं मिनेटमा आन्द्रे सिल्भा…

पुरा पढ्नुहाेस्

यूईएफए च्याम्पियन्स लिग : रियल म्याड्रिड शाख्तारसँग पराजित

मंसिर १७, काठमाण्डौ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह बी को पाँचौ खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिडले शाख्तर डोनेस्कसँग हार बेहोरेको छ । युक्रेनमा भएको खेलमा रियलले २-० ले पराजित भएको हो । शाख्तारको जितमा डेन्टिन्हो र सोलोमोनले १,१ गोल गरे । कप्तान सर्जियो रामोसबिना उत्रिएको रियलले डिफेन्समा फेरी एकपटक कमजोर प्रदर्शन गर्दा हार बेहोरेको हो । फरवार्ड करीम बेन्जेमाले चोटबाट पुनरागमन गरेपनि राम्रो प्रदर्शन गर्न सकेनन् । खेलको पहिलो हाफमा शाख्तारले तुलनात्मक रुपमा बढी आक्रमण गरेपनि गोल गर्न भने सकेन । घरेलु टोलीले चोटका कारण मुख्य फरवार्ड जुनिअर मोराएसलाई…

पुरा पढ्नुहाेस्