“यो सरकार सट्टापट्टामा बनेको स्पष्टै देखियो” : अध्यक्ष ओली

आश्विन २८, झापा । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा सरकार कसरी बनेको रहेछ बल्ल थाहा भएको बताएका छन् । हालै भएको मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशका जेठानलाई मन्त्री बनाएकोतर्फ संकेत गर्दै उनले सट्टापट्टा भएको प्रष्ट भएको बताए । गृहजिल्ला झापामा बिहीबार आयोजित कार्यक्रममा ओलीले पैसाको कारोबार नहुँदा वार्टर सिस्टममा काम हुने गरेको बताए । यो सरकार पनि कसरी बनेको रहेछ अहिले थाहा भएको भन्दै उनले भने, ‘पैसाको कारबाही भयो कि भएन थाहा भएन । सट्टापट्टा भएको स्पष्टै देखियो । अरु के- के भएको थियो, पछि देखिएला ।’

पुरा पढ्नुहाेस्