रथले किच्दा दुई जनाको मृत्यु, १४ घाइते

माघ ११, काठमाडौं । बारामा रथले किचेर दुई जनाको मृत्यु भएको छ । बेहुली लिन हिँडेको रथ पल्टिँदा दुई जनाको मृत्यु भएको र अन्य १४ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका-३ की १५ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिका-७ की २३ वर्षीया शैलकुमारी राम छन् । सोमबार बेलुकी आदर्श कोटवाल गाउँपालिका-३ बाट जन्ती बोकेर बेहुलीको घर हिँड्ने क्रममा बढी मानिस भढेका कारण रथ बनाइएको गाडी अनियन्त्रित भएर पल्टेको थापाले बताए । दुर्घटनाका घाइते १४ जनाको बारा र…

पुरा पढ्नुहाेस्