रसुवागढी नाकाः साढे चार अर्ब राजस्व सङ्कलन, निर्यात भने शून्य

माघ ११, रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेबाट चार अर्ब ३३ करोड रुपैयाँ बढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कनबाट प्राप्त राजस्वको आँकडा हो । प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार छ महिनाको अवधिमा चार अर्ब ३३ करोड ४५ लाख नौ हजार सङ्कलन भएको छ । कोभिड सङ्क्रमणको सुरूआतपश्चात चिनियाँ पक्षले दैनिक नौवटा कन्टेनरमार्फत रसुवागढीको मितेरी पुल छेउमा सामान पुर्‍याउने गरेको छ । व्यापारी, व्यवसायी र निजी कम्पनीमार्फत आयात गरिएका सामग्रीमा लाग्ने…

पुरा पढ्नुहाेस्