रसुवागढी नाकाः साढे चार अर्ब राजस्व सङ्कलन, निर्यात भने शून्य

माघ ११, रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेबाट चार अर्ब ३३ करोड रुपैयाँ बढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कनबाट प्राप्त राजस्वको आँकडा हो । प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार छ महिनाको अवधिमा चार अर्ब ३३ करोड ४५ लाख नौ हजार सङ्कलन भएको छ । कोभिड सङ्क्रमणको सुरूआतपश्चात चिनियाँ पक्षले दैनिक नौवटा कन्टेनरमार्फत रसुवागढीको मितेरी पुल छेउमा सामान पुर्‍याउने गरेको छ । व्यापारी, व्यवसायी र निजी कम्पनीमार्फत आयात गरिएका सामग्रीमा लाग्ने…

पुरा पढ्नुहाेस्

तातोपानी भन्सारबाट लक्ष्यभन्दा कम राजस्व सङ्कलन

असोज ३, सिन्धुपाल्चोक । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको सुरुको दुई महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । भन्सारनाका अनियमित भएपछि राजस्व सङ्कलन लक्ष्यभन्दा कम भएको हो । अत्यधिक वर्षासँगै पहिराले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्गको लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा असारबाट नाका ठप्पजस्तै बनेको छ । सडक अवरुद्ध भएपछि न्यालम, खासा हुँदै तातोपानी नाका भएर आएका सामान लिपिङबाट तुइन र बोकेर ल्याउनुपरेको छ । तातोपानी भन्सारबाट असार महिनादेखि दैनिक दुईवटा कन्टेनर मात्रै भित्रिने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार…

पुरा पढ्नुहाेस्