राणाकालीन दस्तावेजको उचित संरक्षण हुन सकेन !

साउन ७, काठमाण्डौ । राष्ट्रिय किताबखाना निजामतीमा रहेका राणाकालीन दस्तावेजको उचित संरक्षण हुन सकेको छैन । निजामती थमौती, सैनिक कमान्डरीसम्बन्धी मिसल, सेनासम्बन्धी पुराना इस्तिहारलगायतका सामग्री किताबखानामा छ । २०७२ सालको भूकम्पले हरिहर भवन भत्किएपछि त्यहाँ रहेका ऐतिहासिक दस्तावेजलाई त्यही परिसरमा प्रिफ्याबको संरचनाभित्र राखिएका छन् । तिनलाई सुरक्षित राख्न उपचार विधि प्रयोग गरिएको छैन । यसले गर्दा कतिपय दस्तावेज धुजाधुजा भइसकेको छ भने ओसले गर्दा कतिपयमा लेखिएका अक्षर मेटिन थालिसकेका छन् । चिस्यानले गर्दा तिनलाई मोड्न प्रयोग गरिएका छाला कुहिन थालिसकेका छन् भने धेरैका अक्षर उड्न थालेको अवस्था छ । कतिपय…

पुरा पढ्नुहाेस्