राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति सेवा नि.शुल्क भएपछि सेवाग्राहीको भिड

भाद्र १,दाङ। घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति सेवा नि.शुल्क भएपछि सेवा लिनेको सङ्ख्या बढेको छ । पछिल्लो एक महिनामा एक सय भन्दा बढी महिलाले नि.शुल्क प्रसूति सेवा पाएका छन् । प्रतिष्ठानले बैशाख १ गतेदेखि निस्शुल्क प्रसूति सेवा दिन थालेपछि सुत्केरी हुन आउने महिलाको सङ्ख्या पछिल्लो समय बढेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले बताए । उनका अनुसार आईसीयू, भेन्टिलेटर, बच्चाको लागि एनआईसीयू, पीआईसीयू सेवासहित विशेषज्ञ चिकित्सक थपेपछि बिरामीको चाप अस्पतालमा विगतको भन्दा धेरै बढेको हो । यस्तै प्रतिष्ठानका सूचना अधिकारी निशान दाजु भट्टराईले अस्पतालमा बितेको ४ महिनामा सामान्य र जटिल…

पुरा पढ्नुहाेस्

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथितिः उपकुलपतिका कुकुरको उपचार बिल पनि प्रतिष्ठानमा

पुस ३, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी निवर्तमान उपकुलपति डा. संगीता भण्डारीले व्यापक अनियमितता गरेको भेटिएको छ । घरको खाना, खाजादेखि कुकुरको उपचार खर्चसमेत प्रतिष्ठानका नाममा बिल बनाउने गरेको भेटिएको हो । घरायसी ठूला खर्च प्रतिष्ठानबाटै उठाउने गरेकी भण्डारीले काठमाडौंस्थित घरमा पालेको कुकुरको उपचारमा लागेको चार सय रुपैयाँको बिल पनि पेस गरेकी छन् । गत ३ जेठमा ललितपुरको जावलाखेलस्थित मोबाइल भेटेरिनरी कन्सल्टेन्सी सर्भिसबाट कुकुरका लागि लिएको सेवाको शुल्क निकासा गर्न माग गरेकी हुन् । भण्डारीले भने अन्य बिलमा कतै झुक्किएर कुकुरको उपचारको बिल परेको हुन सक्ने दाबी गरिन् । ‘मैले त्यस्तो बिल पेस गरेको…

पुरा पढ्नुहाेस्