राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह परिवर्तन

फागुन १७,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालको चुनाव चिन्ह परिवर्तन गरेको छ । यसअघि गोलाकार भित्रको घण्टी परिवर्तन गरेर ‘घण्टी’ मात्र राखेको हो । मतदान गर्न सहज होस र मतदाता नझुक्किउन भनेर गोला भित्रको घण्टीलाई परिवर्तन गरेर घण्टीमात्र राखिएको सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए । यसअघि निर्वाचन आयोगमा अर्कै पार्टीको नाममा सो चिन्ह रहेकोमा सो दल खारेज भएकोले निर्वाचन आयोगले घण्टी चिन्हलाई मान्यता दिएको उनले बताए ।  

पुरा पढ्नुहाेस्

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो चरणको छलफल सकियो, निर्णायक छलफल चल्दै

माघ २२, काठमाण्डौँ । सरकारबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पहिलो चरणको छलफल सकिएको छ । पहिलो चरणामा सांसद र केन्द्रिय सदस्यहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले सरकार छाड्न नहुने बताए पनि केहीले गृहमन्त्री नपाए सरकार छाड्नु पर्ने बताएका छन् । अब निर्णायक छलफल सुरु भएको र यो छलफलबाट निष्कर्ष निकालिने श्रोतले जनाएको छ ।

पुरा पढ्नुहाेस्

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन

माघ १८, काठमाण्डौँ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि निवेदन परेको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा युवराज पौडेल ‘सफल’ले पार्टीका सभापति लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक ठहर गरेको भन्दै निजले दल दर्ता एव संसद्‍को उम्मेद्‍वार बन्दा पेश गरेको नागरिकता कानुनत अवैधानिक रहेकोले सोही अवैधानिक नागरिकता पेशगरी निजको अध्यक्षतामा बैठक बसी दल खोल्ने गरेको निर्णयका साथै लामिछानेले गरेको हस्ताक्षर समेत अवैधानिक भन्दै उजुरी गरेका छन् । सोही कारण देखाउँदै पौडेलले पार्टी खारेजको माग गरी निवेदन दर्ता गराएका हुन्।

पुरा पढ्नुहाेस्

राष्ट्रिय स्वतन्त्र पार्टीको निष्कर्ष : ‘गृह मन्त्रालय हाम्रै हुनुपर्छ’

माघ १५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफ्नै पार्टीले पाउनुपर्ने निष्कर्ष निकालेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले रवि लामिछानले पदबाट राजीनामा दिइसकेपनि सो मन्त्रालयको जिम्मेवारी फेरि पार्टीले नै पाउनुपर्ने निष्कर्ष निकालिएको हो । यद्यपि, बैठकले लामिछानेले नागरिकता पुनः प्राप्ति प्रक्रिया पुरा गरिसकेपछि उनी नै सरकारमा जाने या नयाँ व्यक्तिलाई पठाउने भन्नेबारे स्पष्ट गरिसकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा मुकुल ढकालले गृहमन्त्रीमा पार्टीको दाबी स्वभाविक भएको बताए ।

पुरा पढ्नुहाेस्

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने पुनर्स्थापित

माघ १५, काठमाडौँ । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनर्स्थापित भएका छन् । आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः सभापतिमा चयन गरेको हो । आइतबार नै लामिछानेले सबै प्रकृया पुरा गरेर नेपालको नागरिकता समेत हासिल गरिसकेका छन् । नागरिकता हासिल गरेसंगै उनी पार्टी सभापतिमा पुनः चयन गरिएका हुन् । यसअघि उनले शुक्रवार साँझ पार्टीको सभापति पदबाट राजीनामा दिएका थिए ।

पुरा पढ्नुहाेस्

राष्ट्रिय स्वतन्त्र पार्टीले चार महिनाभित्र देशभर संगठन बिस्तार गर्ने

माघ ९, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन बिस्तार गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति बैठकले आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्ने निर्णय गरेको हो । पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा देशभर संगठन बिस्तार गरिने उल्लेख छ । साथै चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गरिनेछ । जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने तयारी छ । महामन्त्री ढकालका अनुसार यही माघ मसान्तभित्र प्रदेश समितिका बिस्तारित भेलाहरू हुनेछन् र उक्त भेलाबाट प्रदेश समिति पुनर्गठन गर्ने तयारी छ । माघ…

पुरा पढ्नुहाेस्

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

पौष २५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा मंगलबार सरकारलाई विश्वासको मत दिने र अन्य दललाई पनि मत दिन आह्वान गर्ने निर्णय भएको सांसद सन्तोष परियारले जानकारी दिए। बैठकमा विश्वासको मत दिनुको विकल्प नभएको बताइएको छ । परियारले संसदको अध्यक्ष मण्डलमा डा। चन्दा कार्कीलाई सिफारिस गरेको जानकारी दिए । बैठकमा गृहमन्त्री एवम् सभापति लामिछानेले सम्बोधन गर्ने जानकारी दिए ।

पुरा पढ्नुहाेस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री !

पौष ११, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले लामिछानेलाई गृहमन्त्री नियुक्त गरेकी हुन्। सोमबार शीतल निवासमा आयोजित समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले उपप्रधानमन्त्रीको पनि जिम्मेवारी पाएका छन् । त्यस्तै, नेकपा एमालेका विष्णुप्रसाद पौडेल र नेकपा ९माओवादी केन्द्र०का नारायणकाजी श्रेष्ठले पनि उपप्रधानमन्त्रीका जिम्मेवारी पाएका छन् ।

पुरा पढ्नुहाेस्

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रका विशेषताहरु के-के छन् ?

कार्तिक १८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था सहितको घोषणापत्र बिहीबार सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले मतदातासामु प्रस्तुत गर्ने प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘बाचापत्र’ सार्वजनिक गरिएको हो । २१ बुँदे घोषणापत्रमा संघीयतालाई चुस्त शासकीय स्वरुपमा परिकल्पना गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणलाई अगाडि सारिएको छ । महामन्त्री ढकालले भने ‘हाम्रो घोषणापत्रको कार्यान्वयन २०४७ सालको संविधान भन्दा पनि कम खर्चिलो र २०७२ सालको संविधान भन्दा पनि बढी समावेशी…

पुरा पढ्नुहाेस्

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र सार्वजनिक

कार्तिक १७, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष रवि लामिछानेलगायतका नेताहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई वाचापत्र नाम दिएको छ ।

पुरा पढ्नुहाेस्