रौतहटमा दोहोरो झडपमा १३ जना घाइते

साउन १८, काठमाडौं । रौतहटमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनको विषयमा विवाद हुँदा दोहोरो झडप भएको छ । रौतहटको माधवनारायण नगरपालिका-४ विष्णुपुरमा रहेको श्री माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने विषयमा दुई समूह बीच आइतबार झडप भएको हो । झडपमा दुई समूहका गरी १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण भगत मालीको निधन भएपछि विद्यालयमा नयाँ अध्यक्ष चयन गर्ने तयारी गरिएको छ । विद्यालयका प्रधानाध्यापक राजेश यादव र पूर्वअध्यक्ष देवनारायणका नाति पारस भण्डारीको समूहले आफ्नो पक्षको अध्यक्ष हुनु पर्ने र माधवनारायण-४ का…

पुरा पढ्नुहाेस्