मन्त्रिपरिषदको बैठक बस्दै , लकडाउन अवधी लम्ब्याउने सम्भावना

चैत्र १६,काठमाडौँ । मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । आजको बैठकमा कोरोना भाइरस संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउनेबारे छलफल हुने बुझिएको छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार विहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । यो लकडाउन चैत १८ गते विहान ६ बजेसम्म कायम रहनेछ । तर त्यसअघि नै लकडाउनको अवधि थप्ने निर्णय हुने स्रोतले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने एउटा मात्र विकल्प जनतालाई घरभित्रै राख्नु भएकाले…

पुरा पढ्नुहाेस्