लागूपदार्थको दुर्व्यसनबाट युवालाई बचाउनु सबैको दायित्व हो: गृहमन्त्री खाण

असार १२,काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले लागू पदार्थको दुर्व्यसनबाट युवा पुस्ताको सुन्दर भविष्य बचाउन र नागरिकको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा गृहमन्त्री खाणले लागू पदार्थको दुर्व्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताए । लागूपदार्थको दुर्व्यसनका कारणले समाजलाई गम्भीर असर पारेको र त्यो असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको उनले बताए । गृहमन्त्री खाणले युवा पुस्तालाई दुर्व्यनीबाट बचाउनु सरकार र समाज सबैको दायित्व भएको धारणा राखे । युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा…

पुरा पढ्नुहाेस्