प्रदेश-२: मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने

असोज २०, जनकपुरधाम । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन् । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेश सभा सचिवालयलाई परिपत्र गरेका थिए । आजदेखि नै प्रदेश सभाको ७ औँ अधिवेशन आह्वान गरिएको छ । संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ…

पुरा पढ्नुहाेस्