अर्जेन्टिनाको जितमा मेस्सीको पाँच गोल

जेठ २३, काठमाडौँ । अर्जेन्टिनाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५-० गोल अन्तरले हराएको हो । अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले पाँच गोल गरे । खेलको आठौं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए । खेलको ४७ औं मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनाको अग्रता तेब्बर बनाए । खेलको ७१ औं मिनेटमा मेस्सीले अर्जेन्टिनाको लागि चौंथो गोल गरे । त्यसपछि खेलको ७६ औं मिनेटमा मेस्सीले व्यक्तिगत…

पुरा पढ्नुहाेस्

मेस्सीलाई कोभिड-१९ को सङ्क्रमण

पुस १९, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फर्वाड लियोनल मेस्सीलाई कोभिड-१९ को सङ्क्रमण भएको छ । मेस्सीसँगै पीएसजीका अन्य तीन खेलाडीलाई पनि संक्रमण भएको छ । उनीहरु अहिले सेल्फ आइसोलेसनमा बसेका छन् । अर्जेन्टीनाका खेलाडी मेस्सी अहिले फ्रान्सको फुटबल क्लब पीएसजीमा आबद्ध छन् । उनलाई सङ्क्रमण भएको फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको बीबीसीले जनाएको छ। सङ्क्रमण पुष्टि भएसँगै उनले अहिले तत्कालका लागि तय भएका खेलहरु गुमाउने छन् । उनीसँगै सङ्क्रमित भएका अन्य तीन सहकर्मीहरुले पनि स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा बसेको अधिकारीहरुले जनाएका छन् ।

पुरा पढ्नुहाेस्

मेस्सीलाई सातौं पटक ‘बालोन डीओर अवार्ड’

मंसिर १४, एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले सातौं पटक बालोन डी ओर अवार्ड जितेका छन् । अर्जेन्टिनाका लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै कीर्तिमानी बालोन डीओर अवार्ड जितेका हुन् । फ्रेन्च फुटबलले सोमबार राति एक विशेष समारोहकाबीच मेस्सीलाई बालोन डी ओर अवार्ड प्रदान गरेको छ । यस अघि मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितेका थिए । मेस्सीले रोबर्ट लेवान्डोस्की र जोगिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् । म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डो छैटौं स्थानमा रहे । मेस्सीले…

पुरा पढ्नुहाेस्

पीएसजीमा मेस्सीको पहिलो गोल, सिटी पराजित

असोज १३, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेस्टर सिटीलाई हराएको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा इद्रिसा गुईए र लियोनल मेस्सीले एक एक गोल गरे । घरेलु मैदानमा इद्रिसाले आठौं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४ औं मिनेटमा केलियन एमबाप्पेको पासमा मेस्सीले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए । यस गोलसँगै मेस्सी पीएसजीका लागि पहिलो गोल गर्न सफल भएका छन् । मेस्सी यसै…

पुरा पढ्नुहाेस्

प्रशिक्षणमा फर्किए मेस्सी

असोज १२, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी टिम प्रशिक्षणमा फर्किएका छन् । च्याम्पियन्स लिगको खेल अघि मेस्सी टिमको प्रशिक्षणमा फर्किएका हुन् । घुँडाको चोटको कारण मेस्सीले लिग वानको पछिल्लो दुई खेल गुमाएका थिए । तर, म्यानचेस्टर सिटीविरुद्धको खेल अघि उनी प्रशिक्षणमा फर्किएका हुन् । मेस्सीले सिटीविरुद्ध खेल्ने बताईएको छ । पीएसजीले घरेलु मैदानमा मंगलबार राति प्रतिस्पर्धा गर्दैछ ।

पुरा पढ्नुहाेस्

मेस्सीको डेब्युमा पीएजीको जित

भदौ १४, एजेन्सी । लियोनल मेस्सीको डेब्यु खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सेली लिग वानमा जित निकालेको छ । आईतबार राति पीएसजीले रेइम्सलाई २–० गोल अन्तरले हराएको हो । नयाँ सिजन पीएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका हुन् । अर्जेन्टिनी फरवार्डले ३० नम्बरको जर्सी लगाएका थिए । खेलमा उपस्थित सबै दर्शक उठेर उनलाई सम्मान गरेका थिए । बार्सिलोना बाहेक अन्य टोलीबाट मेस्सी पहिलो पटक मैदान उत्रिएका हुन् । बेन्चबाट खेलको सुरुवात गरेका ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए । मेस्सीको डेब्यु खेलमा पीएसजीलाई जित दिलाउन दुवै गोल केलियन…

पुरा पढ्नुहाेस्