लुम्बिनीजस्तो पवित्रस्थलको काम इमानदारिताका साथ गर्न मन्त्री किरातीको निर्देशन

माघ १५,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डरअनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन् । आइतबार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किरातीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रतिको रिपोर्ट सन्तोषजनक नभएको बताए । उनले लुम्बिनीजस्तो पवित्रस्थलको काम इमानदारिताका साथ गर्न उनले निर्देशन गरे । मन्त्री किरातीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब योजनाअनुसारको काम चाहिने उनले बताए । नेपालको संविधान कानुनअनुसार संरचनाहरू निर्माण भएको भन्दै संरचनामा कर्मचारी भएर…

पुरा पढ्नुहाेस्