लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त

बैशाख १५,बुटवल । लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम चौधरीलाई मुख्यमन्त्रीमा बिहिबार नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा विहीबार दिउँसो कांग्रेस संसदीय दलका नेता चौधरीले नयाँ सरकार गठनका लागि आठ दलको समर्थनमा ५३ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए ।

पुरा पढ्नुहाेस्

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

पौष २७,दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् । गिरीले बुधबार मात्र ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेश गरेका थिए । गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन छ । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि…

पुरा पढ्नुहाेस्

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरीले गरे दाबी पेस

पौष २७,लुम्बिनी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेको संसदीय दलका नेता लीला गिरीले दाबी पेस गरेका छन् । सात वटा दल र तीन जना स्वतन्त्र गरी ५८ जना सांसदको समर्थनमा गिरीले मुख्यमन्त्रीको दाबी पेस गरेका छन् । लुम्बिनी प्रदेशमा ८७ जना सांसद छन् । गिरीलाई एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीको समर्थन छ । प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेपछि एमालेले सत्तारूढ दलहरूको समर्थनमा सरकारको…

पुरा पढ्नुहाेस्