लुम्बिनी प्रदेश सभामा एमाले पहिलो दल !

मंसिर ११, काठमाण्डौ । लुम्बिनीमा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम नतिजा आइसक्दा नेकपा एमाले ठूलो दल बनेको छ । प्रत्यक्षतर्फका ५२ क्षेत्रमध्ये एमालेले १८ सिट जितेर पहिलो दल बन्दा नेपाली कांग्रेस १७ सिट जित्दै दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले जम्मा पाँच सिट जितेर तेस्रो बनेको छ । यस्तै, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान दुईरदुई सिट जितेका छन् भने माओवादीबाट विद्रोह गरेका तीनजना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् ।

पुरा पढ्नुहाेस्