वर्षाले पाकेको मार्सीधान सखाप

कार्तिक १०, खलंगा । अत्यधिक वर्षाका कारण जुम्लामा पाकेको मार्सीधान नष्ट भएको छ । मार्सीधान पाकेर भित्र्याउने तरखरमा रहेका बेला वर्षा भएपछि सबै नष्ट भएको हो । तिला र हिमा नदी छेउछाउमा पाकेर भित्र्याउनै लागेका मार्सीधानका खेतमा बाढी पसेपछि ठूलो मात्रामा धान क्षति भएको छ । तातोपानीबाट पानसय क्षेत्र र कुडारी हुँदै नुवाकोट क्षेत्रमा भारी वर्षा र बाढीले मार्सीधानका खेत डुबाएको स्थानीयवासीले बताएका छन् । मार्सीधानको उद्गमस्थल मानिने लाछु ज्यूलाको आधा भागमा बाढी आएको र ठूला–ठूला काठका पुलसमेत बगाएर ल्याएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । लाछुज्यूलाको बीचभागमा बाढी…

पुरा पढ्नुहाेस्

पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपात

माघ २३ काठमाण्डौ । पश्चिमी वायुको प्रभावका कारण अहिले पश्चिमी क्षेत्रका धेरैजसो ठाउँमा पानी परिरहेको छ । दीपायलमा ८ मिलीमिटर, डडेल्धुरामा ९ दशमलव ७ मिलीमिटर, वीरेन्द्रनगरमा २ दशमलव ७ मिलीमिटर वर्षा भएको छ । यस्तै, नेपालगन्जमा ३ दशमलव ८, जुम्लामा ८ दशमलव ३, दाङको घोराहीमा शून्य दशमलव ३ र पोखरामा शून्य दशमलव २ मिलीमिटर पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए। यस्तै, अहिले वर्षासँगै कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका हिमाली जिल्लामा हल्कादेखि मध्यम खालको हिमपात भइरहेको छ । लामो समयपछि वर्षा र हिमपात परेपछि किसान दङ्ग परेका छन् । सुदूरपश्चिमको…

पुरा पढ्नुहाेस्