वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको तयारी

चैत्र १५,काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको तयारी भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दरबारमार्गमा रहेको तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । रथयात्राका लागि आज दिउँसो चार बजे काठमाण्डौको इन्द्रचोक नजिकै रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर दरबारमार्गमा रहेको तीनधारा पाठशाला अगाडि लगिनेछ । त्यसपछि मूर्तिलाई खटबाट निकालेर रथमा राखेर रथयात्रा शुरु हुनेछ । आज सेतो मच्छेन्द्रनाथको रथलाई तीनधारा पाठशालाबाट तानेर असनमा पुर्याइनेछ। असनमा आज राति राष्ट्रपति रामचन्द्र पौडेलले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ । शहरको भित्री भागमा तीन दिनसम्म…

पुरा पढ्नुहाेस्