‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ दिपा दाहाललाई प्रदान

मंसिर २६, काठमाण्डौ ।  यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार–२०७९’ पत्रकार दिपा दाहाललाई प्रदान गरिएको छ । नेपाल समाचार केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमको छैटौं वार्षिकोत्सवको अवसरमा आज सो पुरस्कार प्रदान गरिएको हो । केन्द्रकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्री र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवन भट्टले पुरस्कारसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन् । पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ । पुरस्कार ग्रहणपछि पत्रकार दाहालले नेपालको पहिलो आर्थिक दैनिकको सम्पादक विजयबाबुको सम्झना स्थापित पुरस्कारबाट सम्मानित हुन पाउँदा आफू गौरवान्वित भएको बताइन् । ‘मन भारी पनि भइरहेको छ । उहाँ अहिले हुनुहुँदो हो…

पुरा पढ्नुहाेस्

‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९’ दिपा दाहाललाई प्रदान गर्ने निर्णय

काठमाडौं,यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको एघारौं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार दाहाललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् । पत्रकार दाहालले २०६२ सालमा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता सुरू गरेकी हुन् । त्यसयता रेडियो कान्तिपुर, अन्नपूर्ण पोष्ट, देशसञ्चार अनलाइन, कान्तिपुर टीभी काम गरेकी उनी हाल उकालो डटकममा वरिष्ठ संवाददाताको रूपमा कार्यरत छन् । आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेकी उनी विभिन्न पुरस्कारबाट पुरस्कृत छन् । पुरस्कार छनोटका लागि नेपाल पत्रकार…

पुरा पढ्नुहाेस्