विदेशी पर्यटकहरुले आजदेखि नेपालमा एक्लै पदयात्रा गर्न नपाउने

चैत्र १८,काठमाडौँ । विदेशी पर्यटकहरुले आजदेखि नेपालमा एक्लै पदयात्रा गर्न नपाउने भएका छन् । यसअघि पर्यटकहरू एक्लै पनि पदयात्रामा जान पाउने व्यवस्था रहेकोमा नेपाल पर्यटन बोर्डले आजदेखि एकल यात्रा अनुमति स्थगित गरेको हो । बाह्य पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) का केही प्रावधानहरू परिमार्जन गरेको छ । ट्रेकिङका लागि एक्लै हिँड्ने गरेका विदेशी पर्यटक पछिल्लो समय बेपत्ता हुने वा मृत अवस्थामा फेला पर्ने गरेपछि सरकारले सरकारी लाइसेन्सप्राप्त ट्रेकिङ गाइडको सेवा र नेपाल सरकारमा दर्ता भएका आधिकारिक ट्रेकिङ एजेन्सीबाट टिम्सकार्ड नलिई पदयात्रा गर्न नपाउने…

पुरा पढ्नुहाेस्