वितरणतर्फको विद्युत् चुहावट ९.१० प्रतिशतमा सिमित

माघ ९, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो पाँच महीनामा वितरणतर्फको विद्युत् चुहावटलाई घटाएर ९.१० प्रतिशतमा झारेको छ । नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट गत वर्षको तुलनामा यस वर्ष २.८२ प्रतिशत बिन्दुले विद्युत् चुहावट घटाइएको प्राधिकरणले जनाएको छ । गत वर्ष मंसीरसम्म वितरणतर्फको विद्युत् चुहावट ११.९२ प्रतिशत थियो । प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालू आर्थिक वर्षमा समग्र प्रणालीको विद्युत् चुहावट १५.५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ…

पुरा पढ्नुहाेस्