विन्दावासिनी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन खुल्ला

बैशाख ११,काठमाडौँ । विन्दावासिनी ​ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १० लाख कित्ता बराबरको प्राथमिक सेयर (आईपीओ ) आवेदन खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित कास्की र लमजुङका बासिन्दाका लागि आइतबारबाट १० करोड बराबरको १० लाख कित्ता सेयर जारी गरेको हो । स्थानीयले कम्तीमा १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदन भने ढिलोमा २५ गतेसम्म दिन सक्नेछन् । एक अर्ब जारी पूँजी भएको कम्पनीले १० प्रतिशत अर्थात १० लाख कित्ता सेयर स्थानीयलाई बिक्री गर्नेछ । स्थानीयलाई सेयर बिक्री गरेपछि कम्पनीले आम सर्वसाधारणलाई सेयर बिक्री गर्नेछ । कम्पनीको…

पुरा पढ्नुहाेस्