विश्वकप छनोट खेल: पोर्चुगल ५–० गोलले विजयी

आश्विन २७,काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले पोर्चुगलले लक्जम्बर्गमाथि शानदार जीत हासिल गरेको छ । विश्वकप छनोट अन्तरगत मंगलबार राति भएको खेलमा पोर्चुगल ५–० गोलले विजयी भएको हो । खेलका आठौँ र १३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले टोलीलाई अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले अर्को गोल थपे । दोस्रो हाफमा जोआओ पाल्हिन्हाले चौथो गोल गरे भने खेलको अन्त्यतिर रोनाल्डोले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे । योसँगै रोनाल्डो आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ११५ पुर्याएका छन् । ३६ वर्षीय खेलाडीले गत महिनामात्र अली देइको सर्वाधिक…

पुरा पढ्नुहाेस्