विश्व कप फुटबलमा आज चार वटा खेल : इङ्ग्ल्यान्ड र अमेरिका खेल्दै

मंसिर ९, काठमाण्डौ । फिफा विश्व कप फुटबलमा आज चार वटा खेलहरु हुँदैछन् । आज समूह चरण अन्तर्गत समह ‘ए’ र समूह ‘बी’ का दुईरदुई खेलहरु हुनेछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे समूह ‘बी’ को इरान र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । वेल्सले पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने इरान इङ्ग्ल्यान्डसँग ६–२ गोलको फराकिलो अन्तरले पराजित भएको थियो । आज हुने दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच खेल हुनेछ । कतार र सेनेगलबीचको खेल बेलुका पौने ७ बजे सुरु हुनेछ । कतार…

पुरा पढ्नुहाेस्

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै

मंसिर ७, काठमाण्डौ । फिफा विश्व कप फुटबलमा आज पनि चार वटा खेलहरु हुँदैछन् । आज समूह ‘ई’ र समूह ‘एफ’ को दुईरदुई वटा खेल रहेका छन् । आज हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेको मोरक्को र क्रोएसियाबीच खेल हुनेछ। क्रोएसिया साविक उपविजेता हो । क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । यस्तै, आज हुने दोस्रो खेलमा जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेको जर्मनी र जापानबीचको खेल बेलुका पौने ७ बजे सुरु हुनेछ । विश्व कप फुटबल अन्तर्गत…

पुरा पढ्नुहाेस्

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै : पहिलो खेलमा अर्जेन्टिना र साउदी अरब खेल्दै

मंसिर ६, काठमाण्डौ । विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा अर्जेन्टिना र साउदी अरबबीच खेल हुनेछ । समूह ‘सी’ को खेलमा अर्जेन्टिना र साउदी अरबको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। अहिलेसम्म १८ पटक विश्व कप खेलिसकेको अर्जेन्टिनाले साउदी अरबसँग पहिलो पटक खेल्न लागेको हो। अर्जेन्टिनाले सन् १९७८ र ८६ मा गरी दुई पटक विश्व कप उपाधि जितेको छ । आजको खेल जिते अर्जेन्टिनाले ३७ खेलमा अपराजित रहेको इटलीसँग कीर्तिमान बराबरी समेत गर्नेछ। कप्तान लियोनल मेस्सी पाँचौँ पटक विश्व कप…

पुरा पढ्नुहाेस्