वीरगञ्ज महानगरपालिकाको सबै वडा झिलिमिली

पौष ८,विरगञ्ज । वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडा अहिले झिलिमिली बनेको छ । उज्यालो वीरगञ्ज अभियानअन्तर्गत सडक तथा चोक–चोकमा बत्ती जडान भएसँगै ३२ वटै वडा झिलिमिली बनेको हो । टोल–टोलमा रहेका पोल र सडकमा बत्ती जडान गर्ने काम सकिएको महानगरपालिकाको विद्युत् शाखाका इन्जिनियर राजिब कुमार उपाध्यायले जानकारी दिनुभयो । सङ्घ सरकारको ५० प्रतिशत अनुदान र वीरगञ्ज महानगरको ५० प्रतिशत लगानीमा सुरु गरिएको अभियानअन्तर्गत ३२ वटै वडामा १३ हजारभन्दा बढी बल्ब जडान गरिएको छ । ३२ वटै वडा उज्यालो बनाउने अभियान २०७७ मै सुरु भएको भए पनि गएको असारसम्ममा ६० प्रतिशत…

पुरा पढ्नुहाेस्