व्यापार घाटा बजेटको आकार भन्दा बढी हुने अनुमान

बैशाख ११, काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ को ९ महिनासम्ममा व्यापार घाटा १३ खर्ब नाघेको छ । साउनदेखि चैतसम्मको आयातको प्रवृत्ति तथा निर्यातको अवस्था हेर्दा चालू आर्थिक वर्षमा बजेटभन्दा पनि व्यापार घाटा बढी हुने देखिएको छ । भन्सार विभागका अनुसार साउनदेखि चैत मसान्तसम्म आयातमा विदेशिएको रकम र निर्यातबाट नेपाललाई प्राप्त भएको रकमबीच १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख अन्तर रहेको छ । साउनदेखि चैतसम्ममा कुल १४ खर्ब ६६ अर्ब ६६ करोडको वस्तु आयात भएको छ भने १ खर्ब ६० अर्ब ५७ करोडको मात्र निर्यात भएको छ ।…

पुरा पढ्नुहाेस्

आयात बढेको बढ्यै, व्यापार घाटा २८ प्रतिशतले बढ्यो

बैशाख ९, काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ३१.९७ प्रतिशतले आयातमा वृद्धि भएको हो । आलु आर्थिक वर्याको नौं महिनामा कुल रु १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख बढीको आयात भएको थियो । चालू आवको नौ महिनामा आयातसँगै निर्यातमा पनि वृद्धि भएको छ । तथ्याङ्कअनुसार नौ महिनामा ६९.४४ प्रतिशतले  निर्यातमा…

पुरा पढ्नुहाेस्

ह्वाट्टै बढ्यो व्यापार घाटा, आठ महिनामा १३ खर्ब ८ अर्बको आयात

चैत ८, काठमाडौं । आलु आर्थिक वर्षमा व्यापार घाटा ह्वाट्टै बढेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकको वैदेशिक व्यापार रु १४ खर्ब ५६ अर्ब ४८ करोड बराबरको पुगेको छ । गत आवको पहिलो आठ महिनामा रु. १० खर्ब २४ अर्ब ७६ करोड रहेको वैदेशिक व्यापार चालु आवमा ४२.१३ प्रतिशतले बढेको हो । वैदेशिक व्यापारमा वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापार घाटा चुलिँदो छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकको व्यापार घाटा अघिल्लो आवको पहिलो आठ महिनाको तुलनामा चालु आवमा ३४.५० प्रतिशतले बढेर रु.…

पुरा पढ्नुहाेस्

सात महिनामा १० खर्ब १५ अर्बको व्यापार घाटा

फागुन ११, काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आ.व. ७८.७९ को माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको छ । अघिल्लो आवको सात महिनाको तुलनामा यो ३८.४५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म नेपालको व्यापार घाटा आठ खर्ब ७३ अर्ब ५६ करोड रुपियाँ थियो । तथ्याङ्कअनुसार नेपालले माघसम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपियाँको निर्यात गरेको छ । अघिल्लो माघको तुलनामा यो ४२.७८ प्रतिशतले बढी हो ।…

पुरा पढ्नुहाेस्

चालु छ महिनामा व्यापार घाटा ४६.६ प्रतिशतले बढ्यो

माघ २७, काठमाडौं । चालु आर्थिक बर्षको पहिलो छ महिनामा व्यापार घाटा ४६.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा  व्यापार घाटा आठ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ । गत बर्ष सोही अवधिमा यस्तो घाटा ५.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यातको तुलनामा आयात ११.९ प्रतिशत बढि हुन पुगेको छ । यस अवधिमा कुल आयात ५१.१ प्रतिशतले बढेर नौ खर्ब ९९ अर्ब ३४ करोड रुपियाँ पुगेको छ । अघिल्लो बर्ष सोही अवधिमा यस्तो आयात ४.८ प्रतिशतले घटेको थियो । यस अवधिमा भारतबाट भइरहेको आयातमा…

पुरा पढ्नुहाेस्

छ महिनामा १० खर्बको आयात, व्यापार घाटा ४६.६४% बढ्यो

माघ ९, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा व्यापार घाटा ४६.६४ प्रतिशतले बढेर रु. आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख पुगेको छ । निर्यात बढ्दै गए पनि आयात झन धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको हो । गत वर्षको सोही अवधिमा रु. छ खर्ब ४४ करोड ६१ लाखको व्यापार घाटा भएको थियो । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा मुलुकको वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँको भएको छ । गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार…

पुरा पढ्नुहाेस्

घट्यो रेमिटेन्स, बढ्यो व्यापार घाटा

मंसिर १, काठमाडौँ । नेपाल लगातार रेमिटेन्स घटेको छ । नेपाल राष्ट्र ब्यांकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले चालू आर्थिक वर्षको पहिलो त्रैमास (असोजसम्म)मा रेमिटेन्स ७.६ प्रतिशतले घटेर रु.२ खर्ब ३९ अर्ब ३२ करोडमा सीमित भएको देखाएको छ । यो अघिल्लो वर्षको यही अवधिमा १२.७ प्रतिशतले बढेको थियो । डलरमा पनि रेमिटेन्स असोजमा ७.७ प्रतिशतले घटेको छ । वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा वृद्धिका बावजूद देशको अर्थतन्त्रको टेको मानिएको रेमिटेन्स लगातार घट्न थालेको हो । भदौसम्ममा पनि रेमिटेन्स ६.३ प्रतिशतले घटेको थियो । कोभिड–१९ का कारण…

पुरा पढ्नुहाेस्