टोपि दिवसको शुभकामना

– शंकर पाण्डे “मुक्ति” विकृति मौलायो, के आयो खै चलन ! विदेशी संस्कृति प्यारो, आफ्नो चाँहि दलन !! देश विरानो भैगयो, बाध्यता विदेशमै कमाउनी ! लह–लहैमा हामी, भैसक्यौं उनको मै रमाउनी !! चाडपर्व–भेषभुषाको, एउटै माला गोर्खाली ! आफ्नो धर्म–संस्कृतिको, हामी नै हो माली !! स्वर्ग भन्दा प्यारो हाम्रो, नेपाल जन्म भुमी ! पुग्छ भने जन्मन पाऊँ, यही जुनी जुनी !! भगवान बुद्ध र पशुपतिनाथको आर्शिवादको ताल ! म मरेपनि सधै रहोस् प्यारो देश नेपाल !! सगरमाथाको शिर, देशको शान र छाना ! सबै नेपालीमा, टोपी दिवशको छ शुभकामना !! Email: [email protected]

पुरा पढ्नुहाेस्