शक्ति एफएम प्रसारणको तेह्रौँ वर्षमा प्रवेश

हेटौँडा । महिला घरेलु सामान उत्पादक तथा वितरक सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक रेडियो शक्ति एफएम १०३।४ मेगाहर्जको प्रसारण तेह्रौँ वर्षमा प्रवेश गरेको छ । समुदायका विषयमा महिलाको सहकारीमार्फत रेडियो स्टेसन सञ्चालन गरेर समतामूलक समाज निर्माणका लागि शक्ति एफएम १०३।४ मेगाहर्ज २०६६ असार १८ गतेबाट परीक्षण प्रसारणमा आएको थियो । प्रसारणको १३ औँ वर्ष प्रवेशका अवसरमा रेडियोले आफ्ना स्रोता, विज्ञापनदाता, साझेदार, सहकारीका सदस्यहरुमा शुभकामना व्यक्त गरेको छ । रेडियोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘१३ औँ वर्ष प्रवेशसँगै रेडियो बिहान ४ बजेदेखि प्रसारण हुनेछ र राति १० बजेसम्म प्रसारणमा रहनेछ ।’…

पुरा पढ्नुहाेस्