संसदमा बजेट पेश हुँदै, १७ खर्ब हाराहारीको बजेट आउने

जेठ १५,काठमाडौँ । सरकारले आज आउँदो आर्थिक वर्ष २०७९/०८० को लागि बजेट सार्वजनिक गर्दैछ । जेठ १५ गते संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले दिउँसो चार बजे आर्थिक वर्ष २०७९/८० को राजश्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न लागेका हुन् । प्रतिनिधि सभाको हिजो बसेको दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्माले प्रस्तुत गर्ने आउँदो आर्थिक वर्षको बजेटको समय तालिका घोषणा गरेका हुन्। सरकारले जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ । देशको अर्थतन्त्र…

पुरा पढ्नुहाेस्