आज थप २ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १० जना !

जेठ २८, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६९४ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या शून्य रहेको छ। त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १० रहेको छ ।

पुरा पढ्नुहाेस्

नेपालमा थप ११ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १९ जना !

जेठ २३, काठमाडौँ । देशभर थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजा ८ सय ५६ जनाको नमूना परीक्षण गर्दा ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मंगलबार २ जना संक्रमित कोरोनाबाट संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।  

पुरा पढ्नुहाेस्

नेपालमा थप ५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या जम्मा ३५ जना !

जेठ १३, काठमाडौँ । थप ५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४१२ वटा नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, शनिबार ४ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३५ रहेको छ ।

पुरा पढ्नुहाेस्

नेपालमा थप १० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या कति ?

जेठ ११, काठमाडौँ । थप १० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट ५८० जनाको नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, बिहीबार १५ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ रहेको छ ।

पुरा पढ्नुहाेस्

नेपालमा थप चारजनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २९ पुग्यो !

पौष १५, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चारजना कोभिड १९ संक्रमित थपिएका छन् । ८८१ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । आज दुईजना संक्रमणमूक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्

थप ४४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३१४ पुग्यो !

असार १८, काठमाडौं । पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ४६७ परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार २०१ पीसीआर परीक्षणमा ३३ जना र एक हजार २६६ एन्टिजेन परीक्षणमा ११ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार नै कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ । योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१४ पुगेको छ । जसमध्ये ३०७ जना होम आइसोलेसनमा र ७ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा…

पुरा पढ्नुहाेस्

२४ घण्टामा १५ सय १३ जनालाई कोरोना, सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो !

पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड (१९) संक्रमण देखिएको छ । यो सहित संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । २० हजार ३८९ कोरोनाका सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ७०७ जना छन ्। पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् ।

पुरा पढ्नुहाेस्