मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, सञ्जयकुमार यादव बने अर्थमन्त्री

माघ २०,जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले १३ सदस्यीय मन्त्रिपरिषद् जिम्मेवारीसहित पुनर्गठन गरेका हुन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार हुँदा अझै एक मन्त्रालयमा भने कार्य विभाजन हुन बाँकी छ । मुख्यमन्त्री सरोज यादवले उद्योग, पर्यटन तथा वन मन्त्रालय आफैँलाई लिएर अन्य मन्त्रालयलाई भने पूर्णता दिएका हुन् । जसअनुसार ९ जना मन्त्री बनेका छन् भने ३ जना राज्यमन्त्री छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमा अर्का नेता सरोजकुमार यादव नियुक्त भएका छन् भने…

पुरा पढ्नुहाेस्