सडकको क्षेत्रभित्र बनेका संरचना खाली गर्न बुटवलको तीनदिने अल्टिमेटम

भाद्र २५,रुपन्देही । बुटवल उपमहानगरपालिकाले सडकको क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न आग्रह गरेको छ । शुक्रबार उपमहानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै तीनदिने अल्टिमेटम दिएको छ । विज्ञप्तिमा गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडक क्षेत्रमा बनेका संरचना, राखिएका निर्माण सामग्री, पसल, ठेलागाडा,सवारी पार्किङ तथा वर्कसपहरू हटाउन उल्लेख गरिएको हो । उपमहानगरका अधिकृत डोलराज पौडेललेद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा सडकको पेटी, चोक र चौराहामा अव्यवस्थित रूपमा रहेका ठेलागाडा, ट्याङ्की, बजार, निर्माण सामग्री, सवारी पार्किङ, वर्कसपलगायतका सामानहरूका कारण अवरोध भएकाले तीन दिनभित्र खाली गर्न निर्देशन दिइएको छ । समय सीमाभित्र खाली…

पुरा पढ्नुहाेस्