गठबन्धनमा गठजोड मिलाउनै सकस, कांग्रेसमा संस्थापनइतरको चेतावनी

असोज २०, काठमाण्डौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक अहिले जारी छ । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा जारी बैठकमा अधिकतम लचकता अपनाउँदै सहमतिका लागी प्रयास भैरहेको जसपा अध्यक्ष उपेन्द्र यादबले जानकारी दिए । उम्मेदवारी दर्ता गर्ने दिन अब तीन दिन मात्रै बाँकी रहँदा गठबन्धनमा सहमति जुट्न सकेको छैन । कार्यदलका सदस्यहरु समेत सहभागी बैठकमा एकभन्दा बढी दलको दाबी रहेको क्षेत्रहरुमा सहमतिको प्रयास भइरहेको छ । यसैबिच गठबन्धनको बैठकका बसेकै कारण कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्न सकेको छैन । विहान ९ बजेका लागी कार्यसम्पादन समिति बैठक बोलाएपनि अहिलेसम्म बैठक बस्न नसकेको…

पुरा पढ्नुहाेस्

वीरेन्द्रनगरमा चुनावी तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

चैत २८, सुर्खेत । सत्ता साझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा साझेदार दलबीच तालमेल गरेर जाने निर्णय गरेको हो । बैठकले पाँच दलको केन्द्र, प्रदेश र जिल्लाको निर्देशन अनुसार स्थानीयस्तरमा गठबन्धनको मर्म तथा भावना अनुसार व्यवहार गर्ने निर्णय गरेको छ । कांग्रेस नगर सभापति खड्काले पार्टीका नगर कमिटीका प्रमुखहरु सम्मिलित संयन्त्र निर्माण गरी नियमित बैठक बस्ने, आवश्यकताका आधारमा अन्य प्रतिनिधिलाई संयन्त्रमा बोलाउने…

पुरा पढ्नुहाेस्

सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँट, कसलाई कुन मन्त्रालय ?

असोज २०, काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय बाँडफाँटमा समझदारी जुटाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको ८४ दिनपछि जुटेको सहमतिमा कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ६, एकीकृत समाजवादी र जसपाले चार–चार मन्त्रालय लिने भएका छन् । कांग्रेस र माओवादी केन्द्रले पूर्वसमझदारीभन्दा एक–एक मन्त्रालय बढी राखेका छन् । कांग्रेसले गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लिने छ । माओवादी केन्द्रले अर्थ,…

पुरा पढ्नुहाेस्

सत्तारुढ गठबन्धनको बैठक बस्‍दै, सरकार गठनको तयारी

भदौ १४, काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक अहिले बस्‍दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेदेखि सत्तारुढ गठबन्धनको बैठक बस्‍न लागेको लागेको हो । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा छन् । आजको बैठकमा मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल हुने सत्तारुढ नेकपाली कांग्रेसका नेता पूर्णबहादुर खड्‍काले जानकारी दिए । ‘आज बैठक मन्त्रिपरिषद्‌ विस्तारमा केन्द्रित हुन्छ’, खड्‍काले भने, ‘सरकार गठनपछि राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।’ उनका अनुसार आज बैठक बसेर केही दिनभित्रै मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी छ । आइतबारको बैठकमा…

पुरा पढ्नुहाेस्