‘सबै दलहरूले मलाई विश्वासको मत दिनुहुन्छ’ : प्रधानमन्त्री दाहाल

चैत्र ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई सबै दलहरूले विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् । आइतबार संघीय संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनेका छन्, ‘सबै दलहरूले विश्वासको मत दिनुहुन्छ भन्ने विश्वास छ मलाई । पहिले मलाई ९९.२५ प्रतिशतले विश्वासको मत दिनुभएको थियो । भोलि शतप्रतिशतले दिनुहुन्छ भन्ने आशा छ ।’ प्रधानमन्त्री प्रचण्डले सोमबार सदनबाट विश्वासको मत लिँदैछन् । एमाले, राष्ट्रिय स्वतन्त्र, राष्ट्रिय प्रजातन्त्रलगायतका दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संविधानतस् प्रधानमन्त्रीले आफूमाथि सदनको विश्वास छ भनेर पुष्टि गर्नुपर्छ । यसअघि प्रधानमन्त्री प्रचण्डले पुस २६…

पुरा पढ्नुहाेस्