सभापति पदको दौडबाट पछि हट्दिनँ : प्रकाशमान सिंह

मंसिर २३, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति पदको दौडबाट पछि नहट्ने बताएका छन् ।  बिहीबार बानेश्वरमा  सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले १४ औं महाधिवेशनमा सभापति पदको दौडबाट पछि नहट्ने बताएका हुन् । कांग्रेसलाई विधि विधान अनुसार चलाउन र जनताका अपेक्षा पूरा गर्ने भरोसायोग्य पार्टी बनाउन सभापतिमा आफूले दाबी गरेको उनले बताए । कांग्रेसको संस्थापनइतर समूहमा सभापति पदका आकांक्षीहरुले आफ्नो दाबी नछाड्दा उम्मेदवार टुंगो लगाउन सकस परिरहेको बेला सिंहको यस्तो भनाइ सार्वजनिक भएको हो । संस्थापनइतर समूहबाट सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल,…

पुरा पढ्नुहाेस्