समाजवादीले २० भदौभित्र उम्मेदवार टुंगो लगाउने

भाद्र ३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार मापदण्ड निर्धारण गरेको छ । पार्टी सचिवालय बैठकबाट मापदण्ड पारित गर्दै त्यसअनुसार उम्मेदवार चयन गर्न निर्देशनसमेत दिइएको छ । पार्टी महासचिव डा। बेदुराम भुसालका अनुसार पार्टीका तर्फबाट उठाइने प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सिफारिस एवं छनोट गर्दा पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेका र विद्रोहमा सक्रिय भूमिका खेलेका तथा पार्टी निर्माणमा योगदान गरेकालाई उम्मेदवार बनाउने मापदण्ड निर्माण गरिएको छ ।

पुरा पढ्नुहाेस्