सार्वजनिक ठाउँमा सुर्ती, चुरोट खान निषेध: नियम पालना भएन

आश्विन १२,काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ खान निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन । कामपाले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ गतेदेखि सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ खाएको पाइए एक सय रुपियाँ जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो । रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भिडभाड बढी हुने ठाउँमा नागरिकले खुलेआमरूपमा सुर्तीजन्य पदार्थ खाइरहेका पाइएको छ । कामपाका मेयर बालेन्द्र साह, सचिवालय सदस्य सुनिल लम्सालले यस सम्बन्धमा कामपाका नगर प्रहरीहरुले नियमित अनुगमन गरिरहेको र अवज्ञा गर्नेहरू जुनसुकै समयमा कारबाहीमा पर्ने बताए । सूचनाको…

पुरा पढ्नुहाेस्