सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई मुख्यमन्त्री शाहको आग्रह

चैत्र ११,धनगढी । मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन्। उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको छैठौँ प्रदेश सभाको शनिबार धनगढीमा उद्घाटन गर्दै उनले लगानीका लागि निजी क्षेत्रलाई आग्रह गरेका हुन्। ‘‘तपाईँहरू आउनुहोस्। सुदूरपश्चिम प्रदेशमा लगानी गर्नुहोस्’’, उनले अगाडि भने, ‘प्रदेश सरकारले कहाँनेर के सहयोग गर्नुपर्छ, त्यसको लागि हामी तयार छौँ।’’ उनले सुदूरपश्चिमको आर्थिक स्तर उकास्ने र प्रदेशलाई समृद्धितिर लैजाने कार्यमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए । प्रदेशमा रहेको सम्भावनाको पहिचान निजी क्षेत्रले गरेकाले हातेमालो गरेर अगाडि बढ्न मुख्यमन्त्री शाहको आग्रह थियो। ‘‘निजी क्षेत्रलाई प्रदेश सरकारले…

पुरा पढ्नुहाेस्