सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई दुई तिहाइ बहुमत !

फागुन २१,काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाइ बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको आज आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेश सभामा मुख्यमन्त्री शाहले आफ्नो दल कांग्रेसका १९ (आफूसहित), नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४१ जनाले विश्वासको मत दिएका हुन् । ५३ सदस्यीय रहेको प्रदेश सभामा नेकपा एमालेका १० जना (उपसभामुख समेत) र राप्रपाका १ जना…

पुरा पढ्नुहाेस्