सुदूरपश्चिम प्रदेश: एमालेका थप ३ सांसदले रोजे नेकपा एकीकृत समाजवादी

भाद्र २०,काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ । आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारा लामा तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसअघि १० जनाले एकीकृत समाजवादी रोजेको थिए । ५३ सदस्यीय प्रदेशसभामा सबभन्दा ठूलो दल एमालेका सभामुखसहित २५ सांसद थिए । १३ जनाले एकीकृत समाजवादी रोजेपछि माधवकुमार नेपाल नेतृत्वको दल एमालेभन्दा ठूलो र माओवादी केन्द्र बराबर भएको छ । दुबै दलको १३ सांसद छन् ।…

पुरा पढ्नुहाेस्