सुनसरी–४ मा ३९ मतले उछिन्दै एमालेका कुसियत अगाडि

मंसिर १५,सुनसरी । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत सुनसरी–४ मा मतगणना भइरहेको छ । सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ । पछिल्लो मतगणनाको विवरण अनुसार बिहान २५ मतले अगाडि रहेका कार्कीलाई ३९ मतले उछिन्दै एमालेका कुसियैतले अग्रता लिएका छन् । एमालेका जगदीशप्रसाद कुसियैतले २९ हजार ९३१ र कांग्रेसका कार्कीले २९ हजार ८९२ मत प्राप्त गर्नुभएको छ । अब गन्न बाँकी मत एक हजार ३५८ मात्रै रहेको छ ।

पुरा पढ्नुहाेस्