सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओमा आजबाट आवेदन दिन सकिने

माघ २३, काठमाडौँ । सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओमा आजबाट आवेदन दिन सकिने भएको छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्काशन तथा बिक्री गरेपश्चात् कम्पनीले आजबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाउने भएको हो । कम्पनीले चार लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन दिने म्याद माघ २६ गतेसम्म रहेको छ । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा फागुन ८ गतेसम्म म्याद लम्बिनेछ ।

पुरा पढ्नुहाेस्

सुपरमाई हाइड्रोपावर आईपीओ जारीको अनुमति माग्दै बोर्ड पुग्यो

मंसिर २३, काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । आईपीओ निष्काशनको लागि कम्पनीले मंसिर २० गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ ।

पुरा पढ्नुहाेस्