साउन १४, काठमाण्डौ । स्कटल्यान्डसँगको दुई खेलको टी–२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले जितेको छ । गएराति भएको दोस्रो तथा अन्तिम खेलमा स्कटल्यान्डलाई १ सय २ रनले हराउँदै न्युजिल्यान्डले शृङ्खला २–० ले जितेको हो । न्युजिल्यान्डले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका लागि क्रिस ग्रिभ्सले सर्वाधिक ३७ रन बनाए । न्युजिल्यान्डका जेम्स निशम र मिचेल रिपोनले २र२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो…
पुरा पढ्नुहाेस्