स्टील उद्योगीलाई प्रश्न- व्यापार मात्रै गर्ने कि देशमा उद्योग धन्दा खोलेर आत्मनिर्भर बन्ने हो?

असोज २५, काठमाडौं । स्पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेरका कारण उत्पन्न विवाद समाधानका लागि प्रतिवेदन पेश गर्न अर्थमन्त्रालयले राजस्व सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा कार्यदल गठन गर्ने भएको छ । आइतबार अर्थ मन्त्रालयमा स्टील उद्योगीहरुसँगको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले कार्यदल बनाई अध्ययन गर्न जानकारी दिँदै अध्ययन प्रतिवेदनका आधारमा डण्डी विवादका विषयमा आवश्यक निर्णय गरिने बताए । कार्यदलले दुवैथरी स्टील उद्योगको सम्बन्धमा मूल्य अभिवृद्धि, विद्युत् खपत, रोजगारीको अवस्था, श्रमशक्ति, कानुनी प्रावधानहरु, छिमेकी देशहरुको अभ्यास, प्रदुषणलगायतका विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ । मन्त्री शर्माले आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रलाई…

पुरा पढ्नुहाेस्